काठमाडौं । इन्जिनियर्स क्वालिटी नेपालले आयात गरिरएको चीनको नम्बर १ ब्राण्ड माइडिया ब्राण्डको डिलर मिटिङ तथा प्रडक्ट लन्च सम्पन्न भएको छ ।
काठमाडौंमा शनिवार सम्पन्न डिलर मिट तथा प्रडक्ट लन्च कार्यक्रममा आयाकर्ता कम्पनी इन्जिनियर्स क्वालिटी नेपाल तथा चिनियाँ कम्पनी माइडियाका प्रतिनिधिको पनि सहभागिता थियो । सो डिलर मिटिङमा नेपालका सबै प्रदेशमा रहेका माइडियाका डिलरहरुको सहभागिता थियो ।
इन्जिनियर्स क्वालिटीले माइडियाका उत्पादनहरु २०७७ सालदेखि नेपालमा ल्याएर विक्री वितरण गर्न थालेको हो । चीनको नम्बर १ ब्राण्डमा पर्ने माइडियाका उत्पादनहरु उच्च गुणस्तरका मानिन्छन् । संसारका २ सयभन्दा बढी देशमा माइडियाका उत्पादनहरु निर्यात हुने गरेको उत्पादक कम्पनीले जानकारी दिएको छ ।
इन्जिनियर्स नेपालले माइडियाका इलेक्ट्रिक चिम्नी, टाइमर चुल्हो, आइओटी वाटर हिटर, आरओ फिल्टर, आइओटी डिसवासर, वाटर डिस्पेन्सरलगायत सामान आयात गरेर विक्री वितरण गर्ने गरेको छ । माइडियाका सामानहरु नेपालका प्रमुख सबै शहरमा पाइन्छ ।

माइडियाका ्उत्पादनहरु यही गुणस्तरको अन्य कम्पनीका उत्पादनभन्दा करिब २० प्रतिशत सस्तो मूल्य छ । अर्थात् उपभोक्ताले सस्तो मूल्यमा गुणस्तरीय सामान पाउनको लागि पनि माइडियाका उत्पादनहरु एक स्मार्ट विकल्प भएको छ ।
कम्पनीले नेपालमा विक्रीपछिको सेवालाई पनि उच्च प्राथमिकतामा राखेको छ । माइडियाका ३ देखि १० वर्षसम्मको वारेन्टी छ । स्पेयर्स पार्टसमा कम मूल्य राखेर थप सुविधा प्रदान गर्ने प्रयास कम्पनीले गरेको छ ।
माइडियाका उत्पादनहरु गुणस्तरीय र प्रभावकारी छन् । जस्तो कि माइडियाको चिम्नीले कमआवाजमा बढी धुवा फाल्छ । ग्यास चुल्होले पनि अरु कम्पनीको चुल्होको तुलनामा २० प्रतिशत ग्यास खपत कम गरेर अरु कम्पनीकोभन्दा प्रभावकारी परफरमेन्स दिन्छ । वाटर हिटरमा छिटै पानी तात्छ भने आरओ वाटर फिल्टरले अरुको भन्दा शुद्ध पानी तान्ने र विद्युत कम खपत गर्ने गर्छ ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend