काठमाडौं । इक्वेडरको दक्षिणी तटमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। उक्त भुकम्प जाँदा कम्तिमा १३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
युएसजीएसका अनुसार इक्वेडरका आधाभन्दा बढी प्रान्तमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पका कारण देशका धेरै सहरमा भवनमा पनि क्षति पुगेको छ ।
सरकारी अधिकारीका अनुसार भूकम्पबाट सबैभन्दा बढी प्रभावित एल ओरु प्रान्तमा ११ जनाको मृत्यु भएको छ भने अजुए प्रान्तमा एक जनाको मृत्यु भएको छ ।
उत्तरी पेरुमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । यहाँ टुम्बेस प्रान्तमा घर भत्किँदा एक महिलाको मृत्यु भएको छ ।
इक्वेडरको आपतकालीन सेवाले यहाँका घरहरु भत्किँदा धेरै मानिसहरु भग्नावशेषमुनि पुरिएका र उनीहरुलाई उद्दार गर्ने काम तीव्र गतिमा भइरहेको बताएको छ ।
भूकम्पको केन्द्रबिन्दु इक्वेडरको दोस्रो ठूलो सहर ग्वायाकिलबाट करिब ८० किलोमिटर टाढा रहेको बालाओमा रहेको बताइएको छ । घना जनसंख्या भएको ग्वायाकिलको जनसंख्या करिब ३० लाख छ।
इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले उद्धारकर्मीहरू उद्धार कार्यमा संलग्न रहेको र भग्नावशेषमा फसेका मानिसहरूलाई जतिसक्दो चाँडो बाहिर निकालिने बताएका छन्।
घाइतेमध्ये केहीको अस्पतालमा उपचार भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend