काठमाडौं । पुनर्निर्माणपछि मौलिक पहिचान गुमाएको गोरखाको बारपाकले पर्यटक गुमाउने खतरा बढेको छ। परम्परागत सीप र विधिबाट बनाइएका एकनासे घर नै प्रमुख आकर्षक बनेको बारपाकमा २०७२ सालको भूकम्पपछि पुनर्निर्माण गरियो। नयाँ भवन निर्माण भएपछि मौलिक पहिचान गुमाएकाले पर्यटन क्षेत्रमा असर पर्ने देखिएको हो।
ढुङ्गाका घर, ढुङ्गाकै भुइँ, ढुङ्गाकै छाना, ढुङ्गाकै पर्खालका कारण एकनासका देखिने घर यहाँको पहिचान थियो। अहिले त्यस्ता घर प्रायः लोप भइसकेका छन्। आधुनिक भौतिक संरचनाका कारण पर्यटन क्षेत्रमा असर पर्ने देखिएपछि पर्यटन व्यवसायी चिन्तित देखिएका छन्।
पर्यापर्यटनविज्ञ विश्वराज सुवेदी बारपाकले मौलिक साख गुमाउन नहुने बताउँदै भने, “बारपाकको पहिचान नै मौलिक घर र सांस्कृतिक कार्यक्रम हुन्। त्यो नै बिस्तारै लोप हुन थालेपछि त्यसले आन्तरिक तथा बाह्य पर्यटकलाई प्रभाव पार्छ।”
बारपाकमा दैनिक सरदर ५० जना पर्यटक अहिले पनि जाने गरेका छन्। विगतभन्दा यो सङ्ख्या घटेको हो। होटल व्यवसायी सङ्घ बारपाकका सदस्य जितबहादुर घलेले पुरानै मौलिक पहिचान खोज्ने पर्यटक आउन छाडेको बताउँदै भने, “अब पहिलेजस्तो बारपाक गाउँ कहाँ रह्यो र ? सहरका सुविधा पाइने भयो। गाउँ खोजेर आउने पर्यटक बिस्तारै घट्न थाले।”
भूकम्पका कारण बारपाकका मौलिक घर प्रायः सबै पाताल भए। पुनर्निर्माण गर्दा परम्परागत शैलीलाई नै अपनाउनुपर्नेमा आधुनिक शैली अपनाइयो। बारपाक सुलिकोट गाउँपालिका–१ का वडाध्यक्ष धनबहादुर घलेले भूकम्पका कारण धनजनका साथै मौलिक घर पनि गुमाउनुपरेको उल्लेख गर्दै पुनर्निर्माणक्रममा मौलिक परम्परालाई कायम राख्न ठोस योजना नहुँदा समस्या भएको बताए ।
भूकम्पमा परी बारपाकका ७२ जनाले ज्यान गुमाएका थिए। एक हजार ४६० घर क्षतिग्रस्त भएको थियो। अहिलेसम्म एक हजार चार सय घर पुनर्निर्माण भइसकेका छन्। माटोको जोडाइका घर विस्थापित भई कङ्क्रिटका घर निर्माण गरिएका छन्। बारपाकभरिमा अहिले जम्माजम्मी चार घर मात्र मौलिक छन्।
स्थानीय साँहिला गुरुङले घर निर्माण गर्दा सरकारले तीन लाख रुपियाँ राहत दिएको सुनाउँदै भूकम्प प्रतिरोधी हुने भनेर कङ्क्रिटको घर बनाएको बताए । कङ्क्रिटकै घर बनाउनुभएका अर्का स्थानीय नन्दु गुरुङले भने, “भूकम्प जाँदा यहाँ दुईरचारवटा मात्र कङ्क्रिटका घर थिए। भूकम्प प्रतिरोधी हुन्छन् भनिएकाले कङ्क्रिटकै घर निर्माण ग-यौँ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend