Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनयुद्धका शहीदको नामावली राजपत्रमा प्रकाशित


    शनिबार, चैत्र ४ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने शहीदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरेको छ। राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएको सशस्त्र संघर्ष, क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिलाई सम्मानस्वरुप फागुन १५ गते शहीद घोषणा गर्ने निर्णय भए अनुसार उनीहरूको नामावली गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरिएको हो ।

    मन्त्रालयले ताप्लेजुङदेखि कैलाली जिल्लासम्म गरेर ७७ जिल्लाको सूची छुट्टा छुट्टै बनाएर प्रकाशित गरेको छ। सूची अनुसार रोल्पाका ७५३ जना, रुकुमका ५८४ जना र कालिकोटका ४३३ जना शहीद रहेका छन् । सबैभन्दा कम शहीद रहेको जिल्लामा भक्तपुर ६ जना, काठमाडौं ७ र ललितपुर १४ जना रहेका छन् ।

    जनयुद्धका शहीदहरूले राष्ट्रिय शहीदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आएको भए पनि उनीहरूले राष्ट्रिय शहीदको मान्यता पाउन सकेका थिएनन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार