काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सकारात्मक दृष्ट्रिकोण र सोच राखेर काम गर्न सहसचिवहरुलाई निर्देशन दिएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्धारा आयोजित ४४औँ वरिष्ठ कार्यकारी विकास तालिमको दीक्षित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
सकारात्मक दृष्ट्रिकोण र सोच राखेर कार्यसम्पादन गर्दा परिणाम निस्किने बताउँदै मन्त्री मोदीले भने, ‘मुल रुपमा अहिले निजामती कर्मचारीहरुले सकारात्मक सोच र दृष्टिकोण राखेर काम गर्नुपर्ने अवस्था छ ।’
मन्त्री मोदीले प्रविधिको उच्चतम विकासलाई ख्याल गरेर कार्यसम्पादनमा सुधार गर्न समेत निर्देशन दिए । समयअनुसारको निर्णय र आचरणमा सुधार गर्नुपर्ने पनि मन्त्री मोदीको भनाई थियो ।
व्यक्तिगत स्वार्थबाट मुक्त भएर काम गर्न पनि मन्त्री मोदीले निर्देशन दिए । ‘केही न केही परिवर्तन गर्नैपर्ने छ, तपाईंहरुले पनि नयाँ पुस्ताले सिक्न सक्ने कामहरु गर्न मेरो सुझाव छ, हामीबाट केही न केही सुधार गर्नुपर्ने भएकाले व्यक्तिगत स्वार्थबाट मुक्त भएर काम गर्न म विशेष निर्देशन दिन चाहन्छु,’ उनले भने ।
कर्मचारीहरुमाथि सेवाग्राहीको सकारात्मक दृष्ट्रिकोण नरहेकाले उनीहरुको दृष्ट्रिकोण बदल्ने गरी काम गर्नुपर्ने मन्त्री मोदीको भनाई थियो । ‘कर्मचारीहरुमाथि सेवाग्राहीहरुको आक्रोश मात्रै छ, समयमा काम भएन ? सरल ढंगमा सेवा प्रवाह भएन, भन्नेजस्ता गुनासाहरु प्रशस्तै सुनिन्छन्, यस्तो किन भइरहेको छ ? यस्ता गुनासाहरु सदाको लागि अन्त्य हुनेगरी कार्यसम्पादन गर्ने जिम्मेवारी तपाइहरुको हो,’ मन्त्री मोदीले भने ।
मन्त्री मोदीले सरुवामा व्यवस्थित प्रणालीको जरुरी भएकाले आफ्नो पालामा व्यवस्थित सरुवा प्रणालीको विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । मुख्यसचिव शंकरदास बैरागीले मुलुक बदलिँदो परिवेशमा रहेको बताउँदै देशभित्र र बाहिरका असल अभ्यासबाट सिकेर काम गर्नुपर्ने बताए ।
सरकारको नीति तथा कार्यक्रमलाई घरदैलोमा पुर्याउने काम कर्मचारीहरुको भएकाले जनतामा खस्किँदो दृष्टिकोणलाई बदल्ने चुनौती रहेको बताए । कार्यकारी निर्देशक डा. राजन खनालले आआफ्नो कार्यक्षेत्रमा अब्बलता सावित गर्न निर्देशन दिए ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend