Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विद्यालयबाट घर फर्किने क्रममा चट्याङ लागेर दुई विद्यार्थी घाइत


    शुक्रबार, चैत्र ३ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुर्खेत। सल्यानमा विद्यालयबाट घर फर्क्ने क्रममा चट्याङ लागेर दुई विद्यार्थी घाइते भएका छन् । सल्यानको कपुरकोट गाउँपालिका–५ को जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थी घाइते भएका हुन् ।

    कपुरकोट गाउँपालिका–५ का कक्षा सातकी १३ वर्षीया यमुना बुढा र त्रिवेणी गाउँपालिका–१ काभ्रा बस्ने जीवनज्योति माध्यमिक विद्यालयमा कक्षा ९ की १४ वर्षीया प्रतिभा राम्जा घाइते भएको प्रहरीले जनाएको छ ।

    हिजो बिहीबार विद्यालयबाट घर फर्क्ने क्रममा चट्याङको झिल्का लागेर घाइते भएका उनीहरूको उपचार राप्ती प्रादेशिक अस्पताल तुल्सीपुर दाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार