Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ


    शुक्रबार, चैत्र ३ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मोरङ। आफ्नै श्रीमती ५३ वर्षीया देबि महतको हत्या गरी फरार रहेका प्रतिवादी बेलबारी नगरपालिका-१ नक्सालबारी बस्ने ५७ वर्षीय हेम कर्ण महतलाई प्रहरीले पक्राउ गरेको छ ।

    घरायसी वादविवादको कारण हेम कर्णले आफ्नै श्रीमतीलाई गत २५ फागुनमा धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले पथरी शनिश्वरे नगरपालिका-१० स्थित पश्चिम बसपार्कबाट पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार