Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नगर बसको ठक्करबाट स्कुटर चालकको मृत्यु


    शुक्रबार, चैत्र ३ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कास्कीमा नगरबसको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । पोखरा महानगरपालिका-४ चिप्लेढुङ्गामा आज बिहान ग.१ ख ७१०८ नम्बरको नगर बसले ग. ९ प ९९८९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा स्कुटर चालक झापा दमककी २४ वर्षीया दीक्षा कार्की हुन् ।

    दुर्घटनामा घाइते दीक्षाको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक सागर क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार