काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ चैतमा विश्वासको मत लिँदै छन् । शुक्रबार उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएपछि विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा प्रधानमन्त्री प्रचण्ड रहेका छन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने पत्र संसद् सचिवालयमा बिहीबार दर्ता भएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले विश्वासको मत लिने प्रस्ताव राख्न अनुरोधसहितको सो पत्र दर्ता भएको हो ।
१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिएका थिए । त्यतिबेला उनलाई दुई सांसदबाहेक सबै दलका २ सय ६८ मत पाएका थिए । एमालेसहितका दलको गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड नेतृत्वको सरकारलाई एमाले समर्थन फिर्ता लिएपछि उनले पुनः विश्वासको मत लिन लागेका हुन् ।
१० पुसमा बनेको एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा गठबन्धन राष्ट्रपति निर्वाचनअघि फुटेर नयाँ गठबन्धन बनेको छ । अहिले प्रचण्ड नेतृत्वको सरकारलाई विभिन्न १० दलको समर्थन रहेको छ ।
अहिलेको सत्तारूढ गठबन्धनमा रहेका माओवादी केन्द्रसँग ३२, कांग्रेससँग ८९, जसपासँग १२, एकीकृत समाजवादीसँग १०, लोसपासँग ४, नाउपा ४, जनमत पार्टीसँग ६, आमजनता पार्टीसँग १, राष्ट्रिय जनमोर्चासँग १ र नेपाल समाजवादी पार्टीसँग १ सांसद संख्या रहेको छ ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समेत विश्वासको मत दिँदै छन् । १ सय ६१ सांसदले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिनेछन् । सरकार निर्माणका लागि १ सय ३८ सांसदको मत आवश्यक पर्छ । यो समाचार राजधानी दैनिकमा छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend