Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकी डलर र बंगलादेशी टाकासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ


    बिहिबार, चैत्र २ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाएर लैजान लागेको अमेरिकी डलर ९ हजार १ सय र बंगलादेशी टाका २९ हजार ५ सयसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा चिनियाँ नागरिक ५२ वर्षीय चाई हुनान रहेका छन् । उनलाई बिहीबार दिउँसो प्रक्राउ गरिएको हो ।

    बंगलादेश एअरलाइन्सको उडानद्वारा काठमाडौंबाट बंगलादेश जान लागेका उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डस् ब्यागेज एरियामा एक्स रे मेसिनमा जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त डलर र टाका फेला पारी पक्राउ गरेको हो ।

    उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार