Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मलमा गरिएको अनुदान कटौतीविरुद्ध माइतीघरमा आन्दोलन सुरू


    बिहिबार, चैत्र २ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। सरकारले मलमा दिँदै आएको अनुदान कटौती गरेको विरोधमा विभिन्न दलनिकट किसान संगठनहरूले आन्दोलन सुरु गरेका छन् ।

    काठमाडौंको माइतीघरमा एमालेनिकट अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनलगायतले विरोध प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनकारीले अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । उनीहरूले नेपाली किसानको बजार सुनिश्चित गर, किसान मार्न पाइँदैन-प्रचण्ड सरकार चाहिँदैन, मलको भयो हाहाकार-राजीनामा देऊ कम्फर्टेबल सरकारलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    वर्तमान सरकारले किसानविरोधी निर्णय गरेको भन्दै निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने उनीहरूले चेतावनी दिएका छन् । अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता गराउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने तयारी उनीहरूको छ ।

    सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११ दशमलब ८ प्रतिशतले घटाउने निर्णय गरेको थियो । अनुदान कटौतीसँगै किसानहरुले प्रदर्शन गर्दै आएका छन् ।

    बुधबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी कांग्रेस निकट नेपाल किसान महासंघ, एमाले निकट अखिल नेपाल किसान महासंघ र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका थिए ।

    किसानसम्बद्ध संग-संगठनले भोलि शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, देशभरका स्थानीय स्तरमा संयुक्त किसान संघर्ष समिति निर्माण गरी धर्ना, जुलुस, चक्काजामलगायतका कार्यक्रम गर्ने निर्णय गरेको अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार