काठमाडौँ। हतकडीसहित भागेका प्रतिवादी बारामा पक्राउ परेका छन्।
पचरौता नगरपालिका-८ बाजोपट्टी बस्ने ३६ वर्षीय अंसिकलाल यादवलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी पुरूषोत्तम पाण्डेले जानकारी दिए।
उनी ज्यान मार्ने उद्योगका प्रतिवादी हुन्।
कात्तिक १९ गते बिहान १० बजे बाजोपट्टीका कपिलदेव यादव, गोपाल यादव, दुगान्धी देवी समेतलाई उनीसहित ६ जनाले मिलेर ज्यान मार्ने मनसायले घेरा हालेर बाँस, फलाम लगायतले प्रहार गरेका थिए।
यस घटनामा फरार रहेका अंसिकलाललाई प्रहरीले पुस ४ गते पक्राउ गरेको थियो। उनलाई प्रहरीले बाराको बेलाहीस्थित महावीर झन्डा मेलामा फेला पारेको थियो।
उक्त मेलामा फेला पारी हतकडी लगाएर ल्याउने क्रममा मेलामा स्थानीय व्यक्तिहरूले प्रहरीसँग तानातान गर्ने क्रममा उनी भागेका थिए।
त्यसपछि खोजी गर्नेक्रममा उनलाई बिहीबार बारागढी गाउँपालिका-४ मा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
आजै उनलाई बारा जिल्ला अदालतमा पेश गर्ने प्रहरीको तयारी छ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend