Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली क्रिकेटरलाई ओलीले दिए जितको शुभकामना


    बिहिबार, चैत्र २ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग टुको अन्तिम खेलमा यूएईविरुद्ध मैदानमा उत्रिएको नेपाली टोलीलाई जितको शुभकामना दिएका छन् ।

    ओलीले ट्वीट गर्दै उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि क्रिकेट टिमलाई शुभकामना दिएका हुन् । ‘राष्ट्र तपाईंहरूको साथमा छ, म तपाईंहरूको साथमा छु,’ भन्दै ओलीले लेखेका छन्, ‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना !’

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युएईले टस जितेर नेपालविरुद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार