काठमाडौं। दार्चुला जिल्लाको दोस्रो मुख्य ठूलो बजार तथा शैल्यशिखर नगरपालिकाको सदरमुकाम गोकुलेश्वर बजारमा रातो नम्बर प्लेटका निजी गाडीले सार्वजनिक यातायातले झै यात्रु ओसारपसार गर्न थालेका छन् ।
निजी सवारीसाधनले भाडाका यात्रु बोक्न नपाउने नियम छ । तर, गोकुलेश्वरमा रातो नम्बर प्लेटका निजी गाडीले भाडा लिई धमाधम यात्रु बोकिरहेका छन् । निजी जिपहरू गोकुलेश्वर बजारबाट यात्रु बोकेर झरकाँडा, बोहरीगाउँ, मार्मा, गन्ना, धुलीगडा, लेकमको रिठाचौपातलगायत जिल्लाका अन्य ठाउँमा जाने गरेका छन् । निजी जिपले सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको स्थानीयको भनाइ छ ।
सवारीको क्षमताअनुसार यातायात कार्यालयले सवारी अनुसार यात्रु बोक्ने क्षमताको स्वीकृति दिएको भए पनि गोकुलेश्वरबाट यात्रु बोकेर जिल्लाका अन्य ठाउँमा जाने रातो नम्बर प्लेटका जिपले क्षमताभन्दा बढी हुलका हुल यात्रु हालेर यात्रुलाई दुःख दिने गरेका छन् । भाडामा यात्रु बोक्ने सवारीसाधन फरक भए पनि रातो प्लेटले रिजर्भका नाममा यात्रुलाई लुट्नसम्म लुटेका छन् ।
यहाँ अधिकांश रातो प्लेटका सवारीसाधनले सवारी बोक्दा कालो प्लेट अर्थात् भाडाका सवारीसाधन मारमा पर्ने गरेका छन् भने राज्यलाई समेत राजस्वमा घाटा हुने गरेको छ । कालो प्लेटका सार्वजनिक सवारीसाधनले रुट परमिटबापतको कर, जाँचपास र तोकिएको रुट परमिट बेगर सडकमा सवारी सञ्चालन गर्न राजस्व तिर्नुपर्ने हुन्छ । तर, रातो नम्बर प्लेटका सवारीसाधनलाई नेपालभर सञ्चालन अनुमति हुने हुँदा कर तिर्नुपर्ने बाध्यता छैन ।
रातो नम्बर प्लेटका सवारीले भाडाका यात्रु बोक्दा कालो नम्बर प्लेट अर्थात् सार्वजनिक यातायातका सवारीधनी पनि मर्कामा पर्ने गरेका छन् । रातो प्लेटका सवारी भाडामा प्रयोग गर्दा स्वयं यात्रुलाई पनि समस्या हुने गर्छ । सार्वजनिक सवारीसाधनमा यात्रुको बिमादेखि औषधि उपचारको व्यवस्थासमेत हुन्छ । तर, निजीमा यो कुनै व्यवस्था हुँदैन । जसले गर्दा यात्रु पनि असुरक्षित हुन्छन् ।
गोकुलेश्वरमा चल्ने अधिकांश जिपका कागजपत्रसमेत नभएको पाइएको छ । यति हुँदासमेत सम्बन्धित निकायले चासो दिएको पाइँदैन । यो समाचार राजधानी दैनिकमा छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend