Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ठगी आरोपमा पक्राउ परेका पृथ्वीबहादुर शाहसहित ६ जना पुर्पक्षका लागि जेल चलान


    मंगलबार, फाल्गुन ३० २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। जिल्ला अदालत काठमाडौंले ठगी र संगठित किर्ते अभियोगको कसूर लागेका पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

    उक्त कसूरमा पक्राउ परेका ७ प्रतिवादीमध्ये भक्तपुरकी २४ वर्षीया विनिता तामाङलाई चाहिँ ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको एआईजी उत्तम सुवेदीले जानकारी दिए।

    पृथ्वीसहित उनका भाइ विजयविक्रम शाह, सहयोगी अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद पुर्पक्षका लागि कारागार चलान भएका हुन्।

    यस प्रकरणमा संलग्न १३ जना अझै फरार छन् ।

    जिल्ला अदालत काठमाडौंमा सीआईबीले शाहसहित २० जनाविरुद्ध ठगी, सार्वजनिक लिखित कीर्ते र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार