Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गाउँपालिकाको उत्कृष्ट लोगो बनाउनेलाई २५ हजार पुरस्कार


    आइतबार, फाल्गुन २८ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गुल्मीको मालिका गाउँपालिकाले आफ्नो प्रतीक चिन्ह (लोगो) बनाउनेलाई २५ हजार रुपैयाँ दिने भएको छ । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै गाउँपालिकाको पहिचान झल्किने गरी लोगो निर्माण गर्न लागेकोले इच्छुक व्यक्तिका लागि सार्वजनिक रुपमा आह्वान गरेको हो ।

    लोगो निर्माण गर्दा गाउँपालिकाको नाम र नेपालको झण्डा अनिवार्य, गाउँपालिकाको पहिचान, विशेषता, भावलगायत विषय उल्लेख हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।

    सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र लोगो बनाएर खामबन्दीमार्फत गाउँपालिकाको कार्यालयमा पठाउनु पर्ने छ । छनोट समितिले उत्कृष्ट लोगो छनोट गर्ने र छनोटमा परेका डिजाइनकर्तालाई गाउँपालिकाले २५ हजार रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार