Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • रक्सीले मातेर सडकमा हंगामा गर्ने प्रहरी जवान निलम्बित


    आइतबार, फाल्गुन २८ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम। प्रहरी जवान संजिवकुमार रायले सप्तरीको राजविराजमा दिउँसै रक्सी सेवन गरेर सडकमा हंगामा गरेपछि उनी निलम्बनमा परेका छन् ।

    शुक्रबार उनी रक्सीले मातेर चेकजाँच गर्न थालेपछि स्थानीयले उनलाई प्रतिवाद गरेका थिए ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान रायले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडी सेवारी चेकजाँचको क्रममा विवाद गरेको र अर्धनग्न भई सडकमा दौडिरहेको भिडियो समाजिक संजालमा भाइरल भएको थियो ।

    सो घटना पश्चात प्रहरी जवान रायलाई निलम्बन गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

    उनका अनुसार प्रहरीजवानसहित विवाद र दुर्व्यवहार गर्ने घटनामा संलग्न ६ जना व्यक्तिलाई समेत पक्राउ गरिएको छ ।

    भिडियो फुटेजको आधारमा पहिचान गरी त्यस घटनामा संलग्न देखिएका अरुलाई पनि पक्राउ गरी अनुसन्धान गर्ने डिएसपी सिंहले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार