Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपाबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएका रामसहायविरुद्ध एमालेले उजुरी दिने


    शनिबार, फाल्गुन २७ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नयाँ उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका जसपाका नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी संविधान र कानुन विपरीत रहेको भन्दै नेकपा एमालेले उजुरी दिने निर्णय गरेको छ।

    नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा एमालेका सांसद महेश बर्तौला लगायतका नेताहरू उजुरीपत्र लिएर पुगेका छन् ।

    राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवार यादवविरुद्ध उजुरी दिने तयारी गरेको हो । साथै यादवको उम्मेदवारी कानुन विपरीत रहेको एमालेको दाबी छ ।

    यद्यपि जसपाबाट उम्मेदवारी दिएका यादवको नाममा शुक्रबार नै प्रश्न उठ्न थालेपछि जसपाबाटै प्रमिला यादवले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । ९ दलीय गठबन्धनका शीर्ष नेताहरूले कांग्रेसलाई राष्ट्रपतिमा निर्वाचित गरेर जसपालाई उपराष्ट्रपतिमा सहयोग गर्ने सहमति गरेका थिए ।

    उपराष्ट्रपतिमा एमालेबाट भने अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । त्यस्तै आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार