Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जसपाका रामसहाय प्रसाद यादवले गराए उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता


    शनिबार, फाल्गुन २७ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी( जसपा) का नेता रामसहाय प्रसाद यादवले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

    आज शनिबार बिहान संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

    उनीसँगै जसपा नेताहरु अशोक राई, मनिष सुमन, प्रदीप यादव, सुशीला श्रेष्ठ संघीय संसद भवन नयाँ बानेश्वर पुगेका थिए ।

    जसपाबाटै नेतृ प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गर्दैछिन् ।

    उपराष्ट्रपति निर्वाचन आगामी चैत ३ गते हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार