Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्काभेटर आगजनी गरेको आशङ्कामा पक्राउ


    आइतबार, भाद्र ७ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नुवाकोट। बेलकोटगढी नगरपालिका–१३ स्थित बाराही बजारमा आज स्काभेटर आगजनी गरेको आशङ्कामा एक जनालाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।

    पार्किङ गरिराखिएको वा २ क २२६० नम्बरको स्काभेटर आगजनी गरेको आशङ्कामा बेलकोटगढी –१३  चिसापानीका ४८ वर्षीय राजाराम पाण्डेलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए।

    प्रनि फुयाँलका अनुसार सोही ठाउँका राजेन्द्र तामाङले भाडामा लिई सञ्चालन गर्दै आइरहेको स्काभेटरलाई आज बिहान ५ बजे अज्ञात समूहले आगजनी गरेको थियो । स्काभेटर आगजानी भएका स्थानमा बकेटमा  नेपाल कम्युनिष्ट पार्टी लेखिएको पत्रसमेत छाडिएको उहाँले जानकारी दिनुभयो  । क्षति विषयमा जाँचबुझ भइरहेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार