Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चीनद्वारा नयाँ ‘अप्टिकल सेटलाइट’ प्रक्षेपण


    आइतबार, भाद्र ७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी। चीनले आइतबार टाढाबाट स्पर्श गर्नसक्ने नयाँ ‘रिमोट सेन्सिङ अप्टिकल सेटलाइट’ सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

    उत्तर पश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार आइतबार बिहान १० बजेर २७ मिनेटमा प्रक्षेपण गरिएको हो । गाओफेन–९ ०५ नामक उक्त उपग्रह ‘लङमार्च टुडी रकेट’ को माध्यमबाट प्रक्षेपण गरिएको हो ।

    उक्त बुहुउपयोगी उपग्रहसँगै  टिन्टुओ–५ नामको अर्को उपग्रह पनि प्रक्षेपण गरिएको चिनियाँ अधिकारीले बताएका छन् । आइतवारको उक्त प्रक्षेपण लङमार्च रकेट श्रृङ्खलाको ३४३ औँ प्रक्षेपण भएको बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार