Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वास्थ्यकर्मीकाे पक्षमा सरकारले खाेल्याे मुख


    आइतबार, भाद्र ७ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने व्यक्तिलाई कानूनी कठघरामा ल्याइने भन्दै सरकारले चेतावनी दिएकाे छ । दिनरात नभनी बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्ने व्यक्तिलाई कानूनी कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिवद्धता जनाएको हो ।

    साउन ३० गते चितवनस्थित बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा विश्वबन्धु बगालेको घरमा कोरोना संक्रमित भन्दै केही व्यक्ति ब्यानर टाँस्न पुगेको थिए । यस्तै, शनिबार बिहान सिभिल अस्पतालका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको ठाउँमा स्थानीयहरुले हुल हुज्जत गरेका थिए ।

    उनीहरु सबैलाई कारबाहीका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई सूचना गरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । दोषि सबैलाई कानूनी कारबाही हुने मन्त्रालयले प्रतिवद्धता जनाएको छ । स्वास्थ्यकर्मीलाई यस किसिमको दुव्र्यवहार नगर्न मन्त्रालयले सबैलाई आग्रह गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार