Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • तीन स्थानमा पिसिआर स्थापना गर्दै बाग्मती प्रदेश


    आइतबार, भाद्र ७ २०७७
    745
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ। केहीदिन अघिमात्रै काभ्रेको धुलीखेलमा कोरोना परीक्षण ल्याब सञ्चालन गरेको बाग्मती प्रदेश सरकारले प्रदेश राजधानी हेटौंडासहित तीन स्थानमा कोरोना परीक्षण ल्याब थपगर्ने भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि यसअघि सञ्चालित ल्याबले धान्न सकैको छैन । दैनिक ९०० भन्दा बढीको परीक्षण गर्न मिल्नेगरी नयाँ ल्याब सञ्चालन गर्ने तयारी थालिएको सरकारले जनाइएको छ ।

    सरकारले ९६ प्यानलको तीन वटा पिसिआर मेसिन खरिदगर्न लागेको हो । प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौंडा अस्पताल, सिन्धुली अस्पताल र भक्तपुर अस्पतालका लागि नयाँ पिसिआर मेसिन खरिद गर्न लागिएको प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रका प्रमुख बसन्त अधिकारीले जानकारी दिए। पिसिआर मेसिन खरिद प्रक्रियाका लागि सोमबार नै बोलपत्र आह्वान गरिने उनले बताए ।

    प्रदेश सरकारद्वारा हाल किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सञ्चालित  ल्याबलाई समेत निरन्तरता दिइने जनाइएको छ । यसैबीच, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले धुलिखेलमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको परीक्षण ल्याबबाट कोभिड–१९ परीक्षण शुरु भएको बताउनुभएको छ।

    आज सामाजिक सञ्जालमार्फत पौडेलले अब उक्त प्रयोगशाला र धुलिखेल अस्पतालबाट दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली र काभ्रेबाट सङ्कलित स्वाब परीक्षण हुने जानकारी दिए । पौडेलले  हेटौंडासहित जिल्ला अस्पताल सिन्धुली, जिल्ला अस्पताल भक्तपुर र नुवाकोटको त्रिशुली अस्पतालमा प्रयोगशाला निर्माण प्रक्रिया शुरु भैसकेको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार