जनकपुरधाम । सर्लाही लालबन्दीकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा ३३ वर्षीया महिलाको शनिबार मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
एक साताअघि ज्वरो आएर स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनलाई उपचारका लागि चितवनको भरतपुर लगिएको थियो । तर त्यहाँको अस्पतालले भर्ना लिन नमानेपछि काठमाडौं लगिएको थियो । ओम अस्पतालमा उपचारकै क्रममा उनको स्वाब संकलन गरिएको थियो ।
स्वाबको रिपोर्ट पोजेटिभ आएको र उनको शनिबार बिहान मृत्यु भएको उनको परिवारजनलाई उधृत गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए