Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमित वडाध्यक्षको उपचारका लागि काठमाडौं लैजाँँदै गर्दा बाटैमा मृत्यु


    शनिबार, भाद्र ६ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुनसरी । कोरोना सङ्क्रमण नभएका अन्य बिरामी समयमै उपचार नपाएर मृत्यु हुने दुःखद् घटना बढ्न थालेको छ । 

     सुनसरीको कोशी गाउँपालिका–२ का वडाध्यक्ष हिरालाल यादवको आज अस्पताल दौडाउँदा दौडाउँदै झापामा मृत्यु भएको हो । आज दिउँसो घरमै हृदयाघात भएपछि वडाध्यक्ष यादवलाई उपचारका लागि झापाको बीएण्डसी हस्पिटल ल्याइएको थियो । एन्जीओग्राफी गर्न राजधानीको गङ्गालाल हृदयरोग केन्द्र लैजान बीएण्डसीले सिफारिस गरेपछि काठमाडौं लैजाँदै गर्दा बाटैमा नै उहाँको मृत्यु भएको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिनुभयो । 

     हृदयाघातका कारण गम्भीर अवस्थामा वडाध्यक्ष यादवलाई सुरुमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको बताइएको छ । तर कोभिड— १९ का विरामीको चापका कारण धरान र विराटनगरका अस्पतालमा भेन्टिलेटर खाली नभएको जानकारी पाएपछि एम्बुलेन्समा राखेर उहाँलाई झापा ल्याइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार