Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शिक्षा मन्त्रालयलाई स्थानीय तहकाे सुझाव : शैक्षिक सत्र सुरु भएको घोषणा गराैं


    शनिबार, भाद्र ६ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । स्थानीय तहका प्रमुखहरुले शैक्षिक सत्र सुरु भएको घोषणा गर्न शिक्षा मन्त्रालयलाई सुझाव दिएका छन्। शिक्षामन्त्री गिरीराजमणि पोखरेलसँगको अन्तरक्रियामा उनीहरुले यस्तो सुझाव दिएका हुन्।

    कोभिड १९ को संक्रमणपछि विद्यालय शिक्षामा पारेको प्रभाव र भविष्यमा अवलम्बन गर्नुपर्ने उपायबारे सुझाव संकलन गर्न मन्त्री पोखरेलले प्रदेश नम्बर एक, दुई, बागमती तथा पाँच नम्बरका सामजिक विकास मन्त्रालयका अधिकारी, प्रमुख, प्रमुख कार्यकारी अधिकृत, शिक्षा शाखाका प्रमुख, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लगायतसँग छलफल गरेका थिए।

    छलफलको क्रममा उनीहरुले शैक्षिक सत्र सुरुवात भएको घोषणा गर्न सकिएमा विद्यार्थीको सिकाइमा उतप्रेरणा जाग्ने तथा शिक्षकलाई जसरी पनि विद्यालय पुग्नैपर्ने बाध्यता हुने बताएका थिए। कोभिडका कारण घर गएका तर लकडाउनका कारण सम्बन्धित विद्यालय भएको ठाउँसम्म पुग्न नसकेको शिक्षकलाई यात्राको लागि सहजीकरण गरिदिन पनि उनीहरुले पोखरेललाई अनुरोध गरेका थिए। कोभिडको संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने वा नगर्ने निर्णय अधिकार स्थानीय तहलाई नै दिंदा उपयुक्त हुने सहभागीको राय थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार