Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा कार्यदले प्रतिवेदन बुझाउँदै, यस्ता छन् सुझावहरु


    शनिबार, भाद्र ६ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद समाधानका लागि गठित कार्यदलले आज सुझावसहितको प्रतिवेदन बुझाउँदै छ । गत शुक्रबार गठित कार्यदलले नवौं दिनमा प्रतिवेदन बुझाउन लागेको हो । 

    कार्यदलले सुझाव प्रतिवेदनमा प्रधानमन्त्रीको राजीनामाको मागलाई थाती राख्‍ने, सैद्धान्तिक तथा अन्य विवादलाई महाधिवेशनले टुंगो लगाउने लगायत सुझाव पार्टी शीर्ष तहलाई दिएको बताइएको छ । सुझावसहितको सो प्रतिवेदन आज नै पार्टी अध्यक्षहरुलाई बुझाउने कार्यदलका एक नेताले जानकारी दिए ।

    कार्यदलमा पूर्वमाओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् । माधव नेपाल समूहबाट सुरेन्द्र पाण्डे र भीम रावल सदस्य छन् । ओली समूहबाट पौडेलका अतिरिक्त शंकर पोखरेल छन् ।

    यी हुन् कार्यदलको सुझावका मुख्य अंश

    प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागलाई थाती राख्ने तथा स्थायी समितिको एजेन्डामा आधारित भएर छलफल अघि बढाउने ।

    – सैद्धान्तिक तथा विवादित अन्य विषय महाधिवेशनबाट टुंगो लगाउने ।

    – आगामी चैतमा महाधिवेशन गर्ने गरी कार्यतालिका तय गर्ने ।

    – सरकारको नेतृत्व ओलीले र पार्टी सञ्चालन प्रचण्डले गर्ने ।

    – सरकारको उपस्थिति र भूमिकालाई प्रभावकारी बनाउन संघीय मन्त्रीपरिषद् र प्रदेश सरकारमा केही हेरफेर गर्ने ।

    – कोरोना संक्रमणको अवस्था सहज भएपछि केन्द्रीय समिततिको बैठक बोलाउने । 
      

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार