Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काेराेनाका कारण थप ९ जनाको मृत्यु,  मृतकको संख्या १४६ पुग्यो


    शनिबार, भाद्र ६ २०७७
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसका कारण थप ९ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ९ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।

    मृत्यु हुनेमा सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुष, पर्सामा ६१, ५८, ४८ वर्षीय पुरुष, बारामा ५८ वर्षीय पुरुष, सिराहामा ६८ वर्षीय पुरुष, मकवानपुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले बताए ।

    योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार