Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार नाघ्याे


    शनिबार, भाद्र ६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार नाघेकाे छ। पछिल्लो २४ घन्टामा नेपालमा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यति संख्या पुगेकाे हाे।

    २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ११७ जना पुगेको छ।

    पछिल्लो २४ घण्टामा थप १३६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १८ हजार ३५० उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म १४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा ११ जना संक्रिमतको मृत्यु भएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार