Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • काठमाडौंमा काेराेना संक्रमितको संख्या बढेपछि औषधि छर्किदै


    शनिबार, भाद्र ६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरका बिभिन्न स्थानमा निःसंक्रमण (डिसइन्फेक्सन) को काम जारी राखेको छ। काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको बेला महानगरपालिकाले सडक, सडक किनारका संरचना र बोटबिरुवाहरुमा औषधि छर्कि रहेकाे छ ।

    शनिबार बिहान न्यूरोड, रत्नपार्क, बागबजार, पुतलीसडक, शंकरदेव, प्रदर्शनीमार्ग, सिंहदरबार पश्चिम गेट, थापाथली, परोपकार प्रसूति गृहलगायतका स्थानमा निःसंक्रमण गरिएको महानगरपालिकाले जनाएको छ ।

    शनिबार बिहानै पनि ट्यांकरबाट औषधि छर्किएर निःसंक्रमण गरिएको छ । काठमाडौं जिल्लामा मात्रै एक हजारभन्दा धेरै संक्रमित रहेको अनुमान छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार