Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकामा बेरोजगारी बीमा आवेदन गर्ने १० लाखभन्दा बढी


    शनिबार, भाद्र ६ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। संयुक्त राज्य अमेरिकामा पछिल्लो समयमा बढ्दो बेरोजगारीका कारण रोजगार बीमाको कार्यक्रमका लागि धेरै नागरिकले आवेदन गरिरहेका बताइएको छ । यो संख्या अमेरिकामा कम्तीमा पनि ११ लाख पुगेको हो। अमेरिकाबाट प्राप्त भएको समाचारमा सो कुरा जनाइएको छ । 

    अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यस्तो अवस्था आएको हो । गएको पाँच महिनामा अमेरिकामा कोरोना भाइरसको प्रकोप देखिएको छ । यहाँ हाल कम्तीमा पनि ५६ लाख नागरिकलाई कोरोनाको संक्रमण देखिएको छ । जसका कारण यहाँको अर्थतन्त्र तथा रोजगारीहरुमा पनि नराम्रोसँग ह्रास आएको पाइएको छ । 

    यस्तो बेरोजगारी संख्या यहाँ बढ्दै गएको देखिएको छ । पछिल्लो समयमा ११ लाख नागरिकले बेरोजगारी बीमाको फारम भरेका छन् । यो संख्या अघिल्लो हप्ताको तुलनामा बढी हो । अघिल्लो हप्ता यहाँ यो फारम भर्ने व्यक्तिको संख्या ९ लाख ७० हजार मात्र थियो । 

    यहाँको सरकारले महामारी बेरोजगार सहायता पनि दिइरहेको छ । सो सहायता अन्तर्गत यो बीमा पनि पर्दछ । त्यसैले नागरिकहरुले पहिलो पटक यति धेरैले यो फारम भरेका हुन् । यहाँका आर्थिक क्षेत्रका अधिकारीहरुले अमेरिकामा कारोना भाइरसको प्रकोप अहिलेजस्तो गरी बढ्दै जाने हो भने यो बेरोजगार नागरिकहरुको दर पनि ठूलो मात्रामा बढ्दै जाने बताएका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार