Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दशैँमा लुटपाटका याेजना बनाइरहेका गिराेह समातिएपछि खुल्याे अर्काे रहस्य


    शनिबार, भाद्र ६ २०७७
    830
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । केहीदिन अघि विशेष सुचनाकाे अाधारमा प्रहरीले तत्काल एक्सन लिँदा भविष्यमा हुने ठुला दुर्घटना टरेकाे छ। राजधानीको बालाजुस्थित माछापोखरीबाट प्रहरीले बरामद गरेको दुई पेस्तोल सर्लाही र महोत्तरीको सिमानाको बाँके जंगलमा ‘बस डकैती’ मा प्रयोग भएको खुलेपछि भविष्यमा हुने ठुला दुर्घटना टरेकाे अनुमान गरिएकाे छ।

    महानगरीय अपराध महाशाखाले बुधवार दुई पेस्तोलसहित माछापोखरीबाट नुवाकोटका बिकेश पण्डित र नुवाकोटबाट अमर तामाङलाई पक्राउ गरेको थियो । अमरको बयानको आधारमा धनुषाका ३० वर्षीय शम्भु कार्कीलाई पनि महाशाखाले पक्राउ गरेर काठमाडौंँ ल्याएको छ । 

    जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा शम्भुलाई शुक्रवार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए । 

    हतियार सहित पक्राउ परेका समूहले दशैंको बेला सो पेस्तोल प्रयोग गरेर ‘लुटपाट’ गर्ने योजना बनाएका थिए । महाशाखाको अप्रेशनपछि अर्को ठुलो अपराधा योजना विफल भएको छ । 
    माछापोखरीबाट बरामद दुई पेस्तोल, म्यागजिन र १० राउण्ड गोली ०७० मा बाँके जंगलमा भएको ‘बस डकैती’ मा प्रयोग भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ९ जनाको समूहले बस डकैती गरेकाे समेत अनुसन्धानबाट खुलेकाे छ। पेस्तोल र गोलीसहित पेस्तोल परेको समूहमाथि प्रहरीले ‘हात हतियार तथा खरखाजना मुद्धा’मा अनुसन्धान गरिरहेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार