बागलुङ। जिल्ला ट्राफिक कार्यालय बागलुङले ट्राफिक नियमलाई कडाइ पारे पनि दुर्घटना भने रोकिन सकेको छैन। तर ट्राफिक बागलुङले साढे सात महिनाको अवधिमा ट्राफिक नियमको अवज्ञा गर्ने सात हजार आठ सय सवारी साधानलाई कारबाही गरेर ५२ लाख ५० हजार ५०० रुपैयाँ राजश्वसमेत संकलन गर्न सफल भएको छ।
गत आउनदेखि हालसम्म सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम ट्रिपर कारबाहीमा परेका छन्। यस अवधिमा दुई हजार नौ सय ४९ मोटरसाइकल र आठ सय दुई वटा ट्रिपर कारबाहीमा परेका छन्।
ट्राफिक बागलुङको तथ्याङ्क हेर्दा मोटरसाइकलबाट १९ लाख ५७ हजार रुपैयाँ र ट्रिपरबाट पाँच लाख ४६ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ।
तथ्याङ्क हेर्दा आठ सय ७० बस, दुई हजार तीन जीप, एक हजार एक सय ४३ ट्याक्टर र ३३ वटा अन्य सवारी साधानहरु कारबाहीमा परेका छन्। हालसम्म ट्राफिक नियमको उल्लङ्घन गर्ने ट्याक्टरबाट सात लाख ८५ हजार, जीपबाट १३ लाख ५७ हजार पाँच सय, बसबाट पाँच लाख ८४ हजार ५०० रुपैयाँ र अन्य सवारी साधनबाट २० हजार रुपैयाँ संकलन भएको छ।
चालु आर्थिक वर्षको साउनदेखि हालसम्म बागलुङमा १४ वटा दुर्घटना भएका छन्। दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १३ जना गम्भीर घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको तथ्याङ्क अनुसार घाइतेमा हुनेमा ११ पुरुष छन् भने एक नाबालिकासहित दुई महिला छन्।
बढ्दो दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नियमका कडाई गनुका साथै सचेतनामूलक कार्यक्रमलाई जोड दिइराखे पनि दुर्घटना रोकिएको छैन।
जिल्ला सदरमुकाम आसपासभन्दा बढी दुर्गम गाउँ र भर्खर बजार बिस्तार भइरहेका ठाउँहरुमा दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक मीनबहादुर खड्काले बताए।
उनले ग्रामीण सडकहरु साँघुरो, धेरै कच्ची हरेको र त्यस्ता सडकमा तीव्र गतिमा यातायातका साधानहरु चलाउँदा दुर्घटना हुने गरेको बताए।
जिल्लाका अधिकांश बस्तीमा सडक पुगेका छन्। ती सडकहरुमा चालकले मादक पर्दाथ सेवन गरेर गाडी चलाउने गर्दा दुर्घटना बढ्ने गरेको खड्काले बताउँछन्। उनी भन्छन्– “आउन यताको दुर्घटना हेर्दा धेरैनै हो, दुर्घटना न्यूनिकरणका लागि गाउँ–गाउँसम्म पुगेर चालक, सहचालक र यात्रुलाई सचेत गराउनुपर्ने देखिन्छ, त्यो हामीहरुले गरि पनि राखेका छौँ।”
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend