काठमाडौँ । मुगु जिल्लामा रारा भिलेज रिसोर्ट प्रालि सञ्चालनमा आएको छ ।
धार्मिक मान्यता अनुसार हिजो शुक्रबार पूजाआजा गरी रिसोर्ट सञ्चालनमा ल्याइएको हो ।
मुगुको सामाजिक आर्थिक विकासको एक मात्र आधार मानिएको रारा तालमा वर्षेनी हजारौं स्वदेशी तथा विदेशी पर्यटक भित्राउन व्यवस्थित पहल जरुरी रहेको विषयलाई मध्यनजर गरी रिसोर्ट सञ्चालनमा ल्याएको जनाएका छन् । आन्तरिक तथा बाह्य पर्यटकका लागि खाना तथा बसोवासका लागि स्तरीय होटल निर्माण गरी पर्यटकका लागि सुविधा प्रदान गर्ने जरुरी रहेको विषयलाई मध्यनजर गरी रिसोर्ट सञ्चालनमा ल्याइएको जनाइएको छ । स्थानीय जनतालाई समेत उनीहरुको जीवनस्तर एवं दैनिकीमा सुधार ल्याउन योगदान गर्ने लक्ष्य रहेको जनाइएको छ ।
रारा भिलेज रिसोर्ट प्रालिका अध्यक्ष अनुपविक्रम शाहले हाललाई ५ करोडको पुँंजीमा २० कोठाको हलसहित रिसोर्ट सञ्चालनमा ल्याइएको अध्यक्ष शाहले जनाए । मुगुको रारामा २० रोपनी जग्गाको क्षेत्रफलमा रिसोर्ट रहेको अध्यक्ष शाहले जानकारी गराए । मगुको रारा ताललगायतको पर्यटन प्रबद्र्धन गरी स्थानीयको जीवनस्तरलाई उकास्न सहयोग पुयाउने उद्देश्यले रिसार्ट सञ्चालनमा ल्याएको उनले जनाए ।
रिसोर्ट सञ्चालकमध्येका एक इन्जिनियर कृष्णभक्त दुवालका अनुसार रारामा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सख्या बर्षेनी उल्लेख्य रुपमा बढ्दै गएको तथ्यांक छ । यो क्रम अत्यधिक रुपले बृद्धि हुदै गएको पनि देखिन्छ । अत्यन्त मनोरम र प्राकृतिक दृष्यहरुले राराको भ्रमणलाई पटकपटक जान मन गर्ने भएकोले सख्या पनि उल्लेख्य देखिन्छ । विदेशी पर्यटकका लागि त यो लामो बसाईको रोजाइमा पर्ने स्थान पनि हो । यही विषयलाई मध्यनजर गरी रिसोर्ट सञ्चालनमा ल्याइएको उनले जनाए ।
रारा तालको भ्रमणमा जानेहरुलाई बसोवास र खानाका लागि हाल ताल किनारमा रहेका अस्थाई प्रकृतिका रहेका कारण पनि उपलव्ध सेवाहरु गुणस्तरीय र सुलभ हुन सकेका छैनन् भने पर्यटकका लागि आवश्यक अन्य सेवाहरु त शून्य प्राय रहेका छन् । बर्षेनी बढ्दो दरमा रहेका पर्यटकका लागि थप होटलको व्यवस्था आवश्यक भैसकेको छ । यही आवश्यकता र श्रृजित अवसरका कारण रारा भिलेज रिसोर्ट कम्पनीको सक्रियतामा रारातालवाट नजिकमा रहेको गाउँ मुर्माको कोट भन्ने स्थानसहित तीन ठाउँंमा होटल निर्माण गरी सेवा सुरु गरेको जनाइएको छ ।
नेपालको पूर्व मेची देखि पश्चिम महाकालीसम्म रहेका विभिन्न पेशामा आबढ्व रहेकाहरुको लगानी लगाई एउटा सुशासित, पारदर्शी र नमूना होटल प्रारम्भ गर्ने योजना तथा कायक्रम रहेको सञ्चालकहरुले जनाएका छन् । सानो लगानीवाट प्रारम्भ गरी यसैको आम्दानीवाट क्रमश लगानी थप्दै जाने र बिस्तार गर्ने योजना यसको रहेको उनीहरुले जनाए । यसअघि रिसोर्ट भबनको बैशाख ६ गते शुक्रबार शिलान्यास गरिएको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend