काठमाडौं । भावी राष्ट्रपतिमा रामचन्द्र पौडेललाई राष्ट्रपति जिताउन वागमतीका गठबन्धनका सांसदहरूलाई ८ दलको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसँग मिल्ने कुरा अहिलेसम्म कुनै प्रसंगमा पनि प्रवेश नगराएको बताएका छन् ।
उनले पाँचवर्ष अहिले भएको सहमति कार्यान्वयन हुने बताए ।
राष्ट्रपतिको चुनावपछि कांग्रेस नेतृत्वको सरकार बन्ने चर्चा चलिरहेको बेलामा उनले एमालेलाई लक्षित गर्दै भने, ‘यो पाँचवर्ष सहमति कार्यान्वयनका सबैभन्दा ठुलो दलको हैसियतले कांग्रेस लाग्छ । यो राजनीतिक इमानदारिताको कुरा पनि हुन्छ । त्यसैले कांग्रेससँग कोही चकचक गर्न नआए हुन्छ । चल्न नआए हुन्छ । पाँचवर्ष सहमति अनुसार कहि कतै अल्मलाउन नआए हुन्छ ।’
उनले चुनावपछि पाँच दलीय गठबन्धन टुट्नुमा ठूलो दल भएको हैसियतले सबैभन्दा धेरै जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताए ।
उनले भने, ‘अहिले हामी त्यो गल्ती सच्चाएर एकैठाउँमा उभिएका छौं । त्यसैले गर्दा अहिले हाम्रो नेता कार्यकर्ता सबै खुसी हुनुहुन्छ । अहिले जे भइरहेको छ त्यसमा सन्तोष मानेर यो गठबन्धनलाई बचाउनुपर्छ ।’
उनले प्रचण्डलाई प्रधानमन्त्री बन्ने कुरा ठुलो नभएकै कारणले अहिले एकैठाउँमा उभिन सकेको बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend