Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • राष्ट्रपतिमा भोट माग्दै नेम्वाङसहित एमाले नेता लोसपा कार्यालय पुगे


    शुक्रबार, फाल्गुन १९ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेबाट राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ राष्ट्रपति चुनावमा भोट माग्न लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालयमा पुगेका छन् । लोसपा अध्यक्ष महन्थ ठाकुरसहित नेताहरूलाई पार्टी कार्यालयमै गएर भेटेर नेम्वाङले राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेका हुन् ।

    नेम्वाङको साथमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, ठाकुर गैरेलगायत नेता गएका थिए । यही २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि नेम्वाङले हिजो बिहीबारदेखि भोट माग्ने अभियान सुरु गरेका छन् । उनले हिजो नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासँग सहयोग मागेका थिए ।

    अहिले लोसपा कार्यालयमा पुगेको नेम्वाङ नेतृत्वको एमाले नेताहरू आजै साढे ३ बजे जनमत पार्टी कार्यालयमा जाने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार