Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • सरकारले काठमाडौंमा ६ हजार आइसोलेसन बेडको व्यवस्था गर्ने


    शुक्रबार, भाद्र ५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले काठमाडौंमा  रहेका अस्पताल र मेडिकल कलेजहरूमा कम्तीमा ६ हजार आइसोलेसन बेडको व्यवस्था गर्ने निर्णय गरेको छ ।

    पछिल्ला मन्त्रीपरिषद्का निर्णय सार्वननिक गर्न आयाेजित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी दिए ।

    यसको संयोजन भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने भएको पनि सरकारका प्रवक्ता समेत रहेका डा युवराज खतिवडाले जानकारी दिएका छन् । यस्तै बैठकले अन्तर जिल्ला आवागमन र सीमा क्षेत्रमा आवतजावतमा थप कडाइ गर्ने निर्णय सरकारले गरेको छ।

    स्वास्थ्य प्रोटोकलहरूको अनिवार्य रूपमा पालना गर्ने र गराउने समेत निर्णय भएको प्रवक्ता डा खतिवडाले जानकारी दिए। मापदण्ड र प्रोटोकल पालना नगर्नेलाई प्रचलित कानुन अनुसार कारबाही गरिने समेत उनले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार