Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चिया निर्यात ३० प्रतिशतले बढ्यो


    शुक्रबार, फाल्गुन १९ २०७९
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली चियाको निर्यात करीब ३० प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालू आर्थिक वर्षको पहिलो ७ महीना (साउन–माघ) मा चिया निर्यात अघिल्लो आर्थिक वर्ष ९आव० को सोही अवधिको तुलनामा २९ दशमलव ९ प्रतिशतले बढेको हो ।

    गत आवको ७ महीनामा नेपालबाट २ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको ७ हजार ८४६ मेट्रिक टन चिया निर्यात भएको थियो । चालू आवको सोही अवधिमा निकासी रकम २९ दशमलव ९ प्रतिशतले बढेर २ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । निकासी परिमाण १२ हजार ५६४ मेट्रिक टन पुगेको छ । केन्द्रको तथ्यांकअनुसार उक्त अवधिमा कृषिजन्य वस्तुको निर्यातमा अलैंचीपछि चिया छ । नेपाली चिया भारत, अमेरिका, जर्मनी, बेलायतसहित विश्वका १ सय ६६ देशमा निर्यात हुन्छ ।

    राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार आव २०७७र७८ मा नेपालबाट ३ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएको थियो । बोर्डका सूचना अधिकारी दीपक खनालले गतवर्ष मौज्दात रहेको चिया यो वर्ष एकैचोटि निर्यात भएकाले निकासी परिमाण ह्वात्तै बढेको देखिएको बताए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार