काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट यी संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंका १ सय ४२, ललितपुरका १५ र भक्तपुरमा २५ जना रहेका छन्।
शुक्रबार ८ सय ३८ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ। संक्रमितमध्ये १८ हजार २१४ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १ सय ३७ जनाको मृत्यु भएको छ।