Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिमा भोट माग्न एमालेका नेताहरू रास्वपाको कार्यालयमा


    बिहिबार, फाल्गुन १८ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। भावी राष्ट्रपति पदका उम्मेदवार एमाले नेता सुवास नेम्वाङले आफूलाई मत दिन आग्रह गर्दै विभिन्न दलका नेताहरुलाई भेटिरहेका छन् ।

    आज बिहीबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय धुम्बाराही पुगेर आफूलाई मत दिन आग्रह गरेका छन् । रास्वपा अध्यक्ष रवि लामिछानेसहितका नेताहरुलाई भेटेर एमालेका नेताहरुले राष्ट्रपतिमा नेम्वाङलाई मत दिन आग्रह गरेका हुन् ।

    नेम्वाङसहित एमाले प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराईलगायतका नेताहरुले रास्वपाका नेताहरुलाई भेटेका हुन् ।

    यसअघि आजै बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितलाई एमाले नेताहरुले भेटेर मत मागेका थिए ।

    राष्ट्रपति निर्वाचनअन्तर्गत यही फागुन २५ गते मतदान हुँदै छ । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेलले पनि उम्मेदवारी दिएका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार