Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एयरपोर्टमै छोडिएका यात्रु ल्याउन नेपाल एयरलाइन्स दुबई जाँदै


    शुक्रबार, भाद्र ५ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सबै प्रकिया पूरा गरेर एयरपोर्ट आएपनि अलपत्र परेका नेपाली स्वदेश फर्कन पाउने भएका छन् । यसअघि  कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी) को निर्णयका कारण अलपत्र परेका ती यात्रुलाई लिन नेपाल एयरलाइन्सको जहाज दुबई तर्फ जान लागेको छ । 

    आइतबार निगमका दुई वटा जहाज दुबई जाने एयरलाइन्सले जनाएको छ । निगमले टिकट लिइसकेका यात्रुले पीसीआर नेगेटिभ रिपोर्टसहित यात्रा गर्न अनुरोध गरेको छ ।

    गएको मङ्गलबार नेपाली लिन दुबई गएको नेपाल एअरलाइन्सको जहाजलाई रित्तै फर्काइएको थियो । सो कदमको चौतर्फी आलोचना भएपछि पर्यटन मन्त्री योगेश भट्टराई र र सीसीएमसीका संयोजक तथा रक्षा मन्त्री ईश्वर पोखरेलबीच बाझाबाझ नै भएको थियो । 

    तर बिहीबारको मन्त्रिपरिषद्को बैठकले उद्धार उडान फेरि सुरु गर्ने निर्णय गरिसकेको छ । यसको लागि होटल क्‍वारेण्टिनको समेत सूची सार्वजनिक भएको छ । सोहीकारण उद्धार उडानलाई नियमित बनाउन लागिएको हो । यहीक्रममा यसअघि अलपत्र परेका यात्रु ल्याउने काम प्राथमिकतामा परेको एयरलाइन्सले जनाएको छ ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार