काठमाडौं । चन्द्रागिरी नगरपालिका-१२ बलम्बुमा रहेको एपीएफ हस्पिटलमा एक कोरोना भाइरस संक्रमित वृद्धको मृत्यु भएको छ । सप्तरी घर भई हाल काठमाडौंको धापासी बस्ने ७७ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको हो ।
उनलाई ग्रीन सिटी अस्पतालले रेफर गरेपछि हिजो एपीएफ अस्पतालमा भर्ना गरिएको थियो । आज उनको करिब १० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । ती पुरुषको शव व्यवस्थापनको लागि कोही नआएको बताइएको छ ।
यसअघि बिहीबार बालुवाटार निवासी एक पुरुषको पनि सोही अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । करिब ८ दिन अघि कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका ती पुरुषको स्वास्थ्यमा समस्या देखिएर अस्पताल भर्ना गरिएको थियो । भर्ना भएको १ घण्टामै ती पुरुषको मृत्यु भएको थियो ।