Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • उद्योग राज्यमन्त्रीको पीएसओमा कोरोना, सचिवालयको पूरै टोली होम क्‍वारेन्टिनमा


    शुक्रबार, भाद्र ५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड होम क्‍वारेन्टिनमा बसेका छन् ।

    उनका निजी सुरक्षा अधिकारी (पीएसओ) मा कोरोना संक्रमण देखिएसँगै राज्यमन्त्री दुगडसँगै सचिवालयका आधा दर्जन कर्मचारी सबै होम क्‍वारेन्टिनमा बसेको छ ।

    होम क्‍वारेन्टिनमा बसेका सबैको पाँचदिन पछि मात्र कोरोना परीक्षण हुने प्रोटोकल छ । सोही अनुसार सचिवालयका कर्मचारीको पाँच दिनपछि मात्रै कोरोना परीक्षण हुनेछ । 

    यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी एक महिला कर्मचारीमा कोरोना पुष्टि भैसकेको छ ।

    यस्तै सांसद देखि लिएर उच्च तहका कर्मचारीमा समेत कोरोना संक्रमण देखिइसकेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार