Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भन्सार छलेर १६ लाखको सामान ल्याउने भारतीय पक्राउ


    शुक्रबार, भाद्र ५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली । १६ लाखभन्दा बढीको मोबाइलका डिस्प्लेसहित एक भारतीय नागरिकलाई प्रहरीले कैलालीमा पक्राउ गरेको छ ।

    सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान (आरआईटी) समूह र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटीएको संयुक्त प्रहरी टोलीले तीय भारतीयलाई पक्राउ गरेको हो । भारतको उत्तर प्रदेश घर भई हाल टीकापुर नगरपालिका–१ मा डेरा गरी बस्ने चाँद अलीलाई १६ लाख ८९ हजार ६०० बराबरको मोबाइलका डिस्प्लेसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।

    भारतीय नागरीक अलीको कोठाबाट अवैधरूपमा भन्सार छली ल्याएका विभिन्न कम्पनीका मोबाइलका डिस्प्ले फोल्डरहरु एक हजार २ सय ६७ थान फेला पारी बरामद गरिएको प्रहरी नायव उपरीक्षक बिष्टले बताए । मोबाइलका डिस्प्ले फोल्डरहरु र निज अलीलाई आवश्यक कारवाहीका लागि आजै मूल भन्सार कार्यालय सत्ती कैलालीमा पठाइएको बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार