काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुईजना केन्द्रीय सदस्यमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । केन्द्रीय सदस्यद्वय डाचाराज वाग्ले र अच्युतम काफ्लेलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको हो । दुब नेता सर्लाही जिल्लाका हुन् ।
केन्द्रीय सदस्य काफ्लेले गत साउन २६ गते हरिवनमा गरेको परीक्षणमा ३२ गते पोजेटिभ रिपोर्ट आएको बताए ।
कुनै लक्षण नदेखिएका उनी घरमै आइसोलेशन बसेको बताइएको छ । त्यस्तै वाग्लेले पनि साउन १ गते परीक्षण गरेकोमा ४ गते रिपोर्ट पोजेटिभ आएपछि घरमै बसेको जानकारी दिए ।