Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सशस्त्र र नेपाल प्रहरीका ११४१ जनालाई कोरोना संक्रमण


    शुक्रबार, भाद्र ५ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरी र सशस्‍त्रमा कोरोना संक्रमितको संख्या ११ सय ४१ पुगेको छ । मुलुकका दुई प्रमुख सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि संक्रमितको संख्या ११ सय नाघेको हो । नेपाल प्रहरीमा हाल ५ सय ६ सक्रिय संक्रमित छन् भने सशस्त्र प्रहरीमा १ सय ८८ सक्रिय संक्रमित छन् ।

    प्रहरीका २ सय ९४ जना डिस्चार्ज भएका छन् भने सशस्त्रका १ सय ५३ जना डिस्चार्ज भएका छन् ।

    प्रहरी प्रधान कार्यालयकै १ सय ७२, काठमाडौं उपत्यकाका ६५, प्रदेश १ का २८, प्रदेश २ का ६५, बागमती प्रदेशका ४८, गण्डकी प्रदेशका ४२, प्रदेश ५ का ६५, कर्णाली प्रदेशका ११ र सुदूरपश्चिम प्रदेशका १० जना सक्रिय संक्रमित छन् ।

    यस्तै सशस्त्र प्रहरीतर्फ सक्रिय संक्रमितमा प्रदेश १ का ३१, प्रदेश २ का ४९, वाग्मती प्रदेशका ५२, प्रदेश ५ का ४१ र कर्णाली प्रदेशका र उपत्यकामा १२ जना छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार