Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बढ्यो तरकारीको होलसेल बजार खुल्ने समय, राति १२ देखि बिहान ९ बजेसम्म


    शुक्रबार, भाद्र ५ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निषेधाज्ञाको कारण मर्कामा परेको तरकारी तथा फलफूल बजार खुल्ने समय बढेको छ । थोरै समय मात्र खुल्दा सामान नबिक्ने तथा ल्याइएका सामान बिग्रने भन्दै व्यवसायीले समयावधि बढाउन माग गरेका थिए । दैनिक ६ लाख किलो हाराहारी तरकारी भित्रिने बजारमा निषेधाज्ञाको कारण  बिहीबार एक लाख ४० हजार किलो मात्रै तरकारी भित्रिएको थियो।

    व्यवसायिको मागपछि भने काठमाडौं जिल्ला प्रशासन कार्यालयले बजार खुल्ने अवधि बढाएको हो । 

    अबदेखि तरकारी तथा फलफूलको होलसेल बजार राति १२ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खुल्ने भएको छ। कालीमाटी, बल्खु, कुलेश्वरसहितका तरकारी बजार राति १२ देखि बिहान ७ बजेसम्म सञ्चालनमा आउने गरी समय तोकिएको हो । 

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति र स्थानीय जनप्रतिनिधसँगको समन्वयमा बिहान ९ बजेसम्म बजार खोल्न पाउने निर्णय भएको बजार विकास समितिले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार