Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • विज्ञको आरोप- भारतले कोरोनाको कारण मृत्यु हुनेको वास्तविक संख्या लुकायो


    शुक्रबार, भाद्र ५ २०७७
    865
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । भारतले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेकाे वास्तविक संख्या लुकाएकाे विज्ञले आरोप लगाएका छन् । स्वास्थ्य क्षेत्रकी विज्ञ पत्रकार प्रियङ्का पुल्लाले गरेको अनुसन्धानमा गुजरात र तेलङ्गाना राज्यमा ठूलो संख्यामा मृतकको गणना नगरिएको देखाएको उल्लेख छ ।

    काेराेनाका कारण ज्यान गुमाउने सबैलाई गणना नगर्दा ज्यान गुमाउनेको संख्या कम देखिएको विज्ञहरुको मत छ । कतिपय राज्यले कोरोनाकै कारण गुमाएकाहरूमा पहिले रहेको रोगका कारण ज्यान गएको बताउने गरेका बीबीसीले समेत जनाएको छ ।

    विश्व स्वास्थ्य सङ्गठनले मृतकमा कोरोना भाइरस देखिएमा उसको मृत्युको कारण कोरोना नै उल्लेख गर्न भनेको छ । तर भारतका कतिपय राज्यले ज्यान गुमाउनुअघि कुनै रोग भएमा त्यही रोगका कारण ज्यान गएकाे भनेर देखाउने गरेकाे छ ।

    भारतमा चार मृतकमध्ये एक जनाको मात्र कारण प्रमाणित हुने गर्छ । भारतमा अहिलेसम्म २९ लाख ५ हजार भन्दा धेरैमा कोरोना संक्रमण हुँदा ५४ हजार ९ सय ८७ जनाको ज्यान गएको छ । २१ लाख ५९ हजार आठ सय भन्दा धेरै उपचारपछि निको भएका छन् ।

    दिल्लीमा रहेको थिङ्क ट्याङक अब्जर्भर रिसर्च फाउण्डेशनका उमेन सी कुरियन पनि मृत्युको गणना कुन स्तरमा भैरहेको छ त्यो छलफल हुनुपर्ने बताउँछन् ।

    संक्रमितको अनुपातमा ज्यान गुमाउनेको संख्या युरोप, अमेरिका लगायतका देशमा भन्दा निकै थोरै रहेको भनिए पनि भारतमा मृत्युको गणनामै शंका भएकोले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार गणना हुनुपर्ने विज्ञहरुले बताएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार