काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी विवाद बिस्तारै समाधानको दिशामा गएको छ । विशेषगरी नेकपाले कार्यदल गठन गरेपछि विवाद समाधानको सम्भावना बढेको हो ।
तर नेकपाको विवाद मिलेसँगै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पद धरापमा परेको छ । यतिबेला डोरमणिलाई पदबाट हटाउन केन्द्र र प्रदेश दुबैतिरबाट पहल भैरहेको थाहा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको छत्रछायाँमा मुख्यमन्त्रीको कुर्सीसम्म पुगेका उनको पद भने अब धेरै समय नटिक्ने पक्कापक्की भएको बागमती प्रदेशका एक सांसदले बताए ।
यतिबेला नेकपा विवाद समाधान गर्ने अस्त्रको रुपमा मन्त्रिमण्डल हेरफेर र केही मुख्यमन्त्री परिवर्तन समेत रहेको छ । परिवर्तन हुने मुख्यमन्त्रीमा दुई जनाको नाम अघि आएको छ । पहिलो हुन्, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र अर्का हुन् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल।
शंकर पोखरेल भने आफैं सो पद त्याग्न तयार छन् । केन्द्रको राजनीतिमा नै प्रभावशाली रहेका उनी प्रदेशको मुख्यमन्त्री बनेपछि ओझेलमा पर्दै गएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासपात्र उनी यतिबेला केन्द्रको राजनीतिमा हुँदा बढी प्रभावशाली हुनसक्ने भएका कारण पनि उनी आफैं नै मुख्यमन्त्री पद त्याग्न चाहिरहेका थिए । अहिलेको नेकपा विवाद समाधानका लागि सबैभन्दा पहिला आफूले राजीनामा दिने उनले बताइसकेका छन् ।
तर डोरमणिको हकमा भने कुरा अलिक फरक छ । बागमती प्रदेशको मुख्यमन्त्री बनेका उनको आफ्नै दलका सांसदसँग सम्बन्ध त्यति सुमधुर छैन । उनको विषयमा नेकपाभित्रै विवाद रहेको बताइन्छ । यस्तोमा नेकपा विवाद मिलाउने बहानामा उनलाई राजीनामा गर्न लगाउने तयारी रहेको छ ।
केन्द्रले उनलाई नहटाएको अवस्थामा भने प्रदेश भित्रैबाट उनीविरुद्ध कदम चाल्ने तयारी समेत रहेको बागमती प्रदेशका ती सांसदले बताए । बागमती प्रदेशकी १ सय १० सिटमा नेकपासँग ९० सिट रहेको छ । तर तीमध्ये ६० जना सांसद डोरमणि विरुद्ध रहेको बताइन्छ । सोहीकारण डोरमणि विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पनि ती असन्तुष्ट सांसदको तयारी रहेको दावी गरिएको छ ।
विशेषगरी यो वर्षको बजेटको विषयमा अधिकांश सांसद उनको विपक्षमा गएको बुझिएको छ ।
सो बजेटमा पोष्टबहादुर बोगटी कुुलेखानी सुरुङमार्गका लागि १ खर्ब छुट्याएको विषयमा प्रश्न उठेको थियो। दलको बैठकमा जवाफ दिदै मुख्यमन्त्री पौडेलले सो सुरुङमार्गका लागि छुट्टाएको रकम हटाउने जानकारी दिएका थिए । संसदीय दलको एक कार्यसमिति बनाएर बजेट सच्याउने आश्वासन डोरमणिले दिएका थिए।
बजेटको सोही विषय सच्चाउनका लागि सुझाव दिने भन्दै एक कार्यदल समेत गठन भयो । आन्तरिक मामला तथा गृहमन्त्री शालिकराम जम्मरकटेलको संयोजकत्वमा प्रमुुख सचेतक केशव पाण्डे, सदस्यहरु केशव पोखरेल, रत्न ढकाल, प्रतिमा श्रेष्ठ रहेको कार्यदल बनाइयो । तर कार्यदलको अवधि नसकिँदै बजेट पारित भयो ।
गत असार २० मा पारित बजेट कार्यान्वयनको चरणमा गैसकेको छ । तर कार्यदलले अहिलेसम्म प्रतिवेदन बुझाएको छैन । यो विषयमा डोरमणिसँग अन्य सांसदहरु रुष्ट बनेको बताइएको छ । यो बाहेक यसअघिका उनको विवाद र कार्यशैलीका कारण पनि करिब ६० सांसद उनको विरुद्ध खुला रुपमै लागेको बताइन्छ ।
यतिबेला नेकपाभित्रको विवाद चर्केका कारण बागमती प्रदेशभित्रको यो विवाद सतहमा नआएको बुझिएको छ । तर विवाद समाधानसँगै केन्द्र र प्रदेश दुबैबाट डोरमणिविरुद्ध कडा कदम चालिने पक्का भएसँगै उनको पद संकटमा परेको प्रष्ट भएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend