Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साउदीबाट ६१८ नेपालीले पाए बहिर्गमन भिसा


    शुक्रबार, भाद्र ५ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । खाडी मुलुक साउदी अरबमा रहेका ६ सय १८ नेपालीले बहिर्गमन भिसा पाएका छन् । साउदीमा रहेको नेपाली दूतावासले पुस, माघ र फागुनमा निवेदन दिएकामध्ये केही व्यक्तिले बहिर्गमन भिसा प्राप्त गरेका हुन् ।

    यसअघि साउदी अरेबियाले ४९८ जनालाई बहिर्गमन भिसा दिएको थियो । बिहीबार एक विज्ञप्ति जारी गर्दै थप १ सय २० जनाले बहिर्गमन भिसा पाएको दूतावासले जनाएको छ । उनीहरू भिसा लागेकाहरू भिसा लागेको मितिले ६० दिनभित्र आफ्नो खर्चमा स्वदेश फर्किसक्नुपर्नेछ ।

    बहिर्गमन भिसा पाएपछि विभिन्‍न कम्पनी र प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र नबनाएका वा नवीकरण नगरेका कारण स्वदेश फर्कन नपाएकाहरू स्वदेश फर्कन पाउने भएका हुन् । 

    बहिर्गमन भिसा प्राप्त गरेका नेपालीलाई दूतावासले आगामी दिनमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले साउदी अरबको रियाद र दमामबाट गर्ने उडानहरूबाट स्वदेश फर्किने तयारी थाल्न पनि भनेको छ ।

    बहिर्गमन भिसाका लागि साउदीमा रहेको नेपाली दूतावासले विभिन्‍न समयमा नेपालीबाट संकलन गरेका विवरण केही समयअगाडि साउदी सरकारलाई उपलब्ध गराए पनि कोरोना संक्रमणका कारण अवरुद्ध यो प्रक्रिया क्रमशः सुरु भएको दूतावासले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार